उपचारको नाममा भारतीयद्वारा ठगी धन्दा जारी

सञ्जय मिश्रा/रौतहट । भारतीय महिला पुरुषहरुको गिरोहले उपचारको नाउँमा ठगी धन्दा चलाइरहेको प्रकाशमा आएको छ।

रौतहट संग जोडिएको भारतीय सहर बैरगनियाका महिला पुरुषको गिरोह केही नेपालीलाई दलालको रूपमा परिचालन गरी जिल्लाको कैयौँ ठाउँमा उपचारको नाममा सर्वसाधारणको लाखौँ रुपैयाँ ठगी गरिरहेको प्रकाशमा आएको हो।

बैरगनियाकी प्रियंका कुमारी नाम गरेकी एकजना महिलाले अगुवाई गरेको गिरोहले कटहरिया नगरपालिका- ५ स्थित एकजना स्थानिय महिला र एकजना पुरुष लाई दलालको रूपमा परिचालन गरेका थिए।

उनीहरू गाउँमा असाध्य रोग लागेका बिरामीलाई भेटेर प्रियंकाले दिने औषधिले बिना डाक्टर सबै रोग निको हुन्छ भनेर प्रचारप्रसार गर्दै आएका थिए।

भारतीय महिला प्रियंकाको नेतृत्वमा आउने गिरोह कटहरिया स्थित खाने पानीको कार्यालय छेउमा एउटा घर भाडामा लिएर प्रत्येक बिहीवार त्यहाँ दर्जनौं बिरामीलाई जम्मा गरेर उनीहरू लाई भ्रमित हुने गरी भाषण दिएर प्रभावमा पार्ने गरेका थिए।

 

प्रियंकाले आफू बिरामीहरुलाई निको पार्ने संकल्प लिएर अहिलेसम्म बिहे नगरी घरबाट तपाईँहरुको सेवामा लागेको छु बताऊँदै आएकी छिन् ।

एकजना बिरामीका अभिभावक सर्फलाल महतोका अनुसार प्रियंकाले डीएक्स एन फार्मा कम्पनी मलेसिया र भारत हैदराबादबाट उत्पादित औषधिले जुन सुकै रोग निको हुन्छ यसमा डाक्टर चाहिँदैन भनेर जनही ५ देखि १० हजार रुपैयाँ उठाएर केही औषधि सेवनका लागी दिने गरेका थिए।

 

प्रियंकाकै कुराको भरमा आमाको लागी ७ हजारको औषधी किनेर ठगिएको महतोले बताए। कटहरिया ५ मा मात्र ७५ जना बिरामी लाई उक्त गिरोहले कैयौं महिना देखी उपचारको नाउँमा लाखौं रुपैयाँ ठगेको महतोले बताएका छन्।

स्थानिय दलालसँग नम्बर लिएर भारतीय महिला प्रियंकासँग न्युज कारखानाले कुरा गर्दा तपाईँ बिरामी खोज्नुस , अन्य दलाल सरह मासिक तपाईँको खातामा पनी पैसा पठाउने बताएकी थिइन्। 

हामी जोडेको कम्पनीको औषधि को लागि डाक्टर चाहिँदैन, सबै रोग निको हुन्छ, सामान्य जानकारी चाहियो भने बैरगनिया आउनुस, बिस्तृत जानकारीको लागि मंगलवार सीतामढी आउनुस त्यहाँ गुरुजी आउनु हुन्छ भनेकी थिइन्।

यही सन्दर्भमा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई जानकारी गराउँदा उनको निर्देशनमा ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहको नेतृत्वमा गएको टोलीले उपचारको नाउँमा ठगि गर्ने भारतीय गिरोह लाई भगाएको थियो।

गिरोहको केही महिलाहरुले भारतीय सहर बैरगनियाबाट लागिरहेको डीएक्स एन फार्मा कम्पनीको औषधी गौर भन्सार नजिकै प्रहरीले बरामद गरेको थियो।
बरामद औषधी नेपालमा दर्ता नरहेको औषधी ब्यवस्था बिभाग बिरगंजले बताएपछि आवश्यक कार्यवाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय ले बताएका छन्।

यसरी उपचारको नाउँमा कटहटियामा हुनेगरेको ठगी धन्दा न्युज कारखाना र प्रहरीको सक्रियताले बन्द भएको छ । ठगी गिरोह आउन छोडेका छन्।तर जिल्लाको अन्य क्षेत्रमा पनि यस्तो गिरोह सक्रिय भएर गाउँ गाउँमा स्थानिय लाई दलाल बनाएर सैयौं नेपाली लाई उपचारको नाउँमा ठगी रहेको प्रत्यक्षदर्शीले बताएका छन्। उपचारको नाउँमा भारतीय बाट भईरहेको ठगी नियन्त्रण गर्न प्रहरी प्रशासन संगै जनप्रतिनिधि र नागरिक समाजको ध्यान जान जरुरी रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।