इटहरीमा बसको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु
इटहरी । इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार बसलाई सुनसरी-मोरङ सिँचाइ आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका छन्।


