इटहरीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि प्रहरीले हवाई फायर गरी लियो भीडलाई नियन्त्रणमा
इटहरी । इटहरीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको घटनामा प्रहरीले हवाई फायर गरी भीड नियन्त्रणमा लिएको छ ।
काकडभिट्टाबाट विराटनगर जाँदै गरेको बस इटहरी १० शान्ति चोकमा दुर्घटना भएको थियो ।
मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री इटहरी उपमहानगरपालिका–१० की १३ वर्षीया सजना यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विद्यालयबाट घर आउँदै गरेकी किशोरीलाई तीव्र गतिको बसले ठक्कर दिएको थियो ।


