झापा र सुनसरीबाट प्रतिवन्धित लागुऔषध सहित ४ जना पक्राउ

बिराटनगर, मंसिर ३ गते । झापा र सुनसरीको बिभिन्न स्थानबाट प्रतिवन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर २ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-३ का २७ बर्षीय विनायक थुलुङलाई ३ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसै गरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका रामधुनी नगरपालिका-१ का २० बर्षीय विवेक यादवलाई निषेधित औषधी ट्रामानिल २४० क्यापसुल र निट्राजेपाम २०ट्यावलेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-६ का१९ बर्षीय मो. दावुतलाई ट्रामाडोल १२० क्यापसुल र स्पास्पेन १२० ट्यावलेट सहित र इलाका प्रहरी कार्यालय चतराले बराहक्षेत्र नगरपालिका-२ का २१ बर्षीय समिर राईलाई ५० ग्राम गाँजा र ट्रामाडोल १६ क्यापसुल सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।