संखुवासभामा जेसीबी दुर्घटना हुंदा अपरेटरको मृत्यु
संखुवासभा । संखुवासभामा जेसीबी दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान जिल्लाको मकालु गाँउपालिका वडा नं. २ सेदुवा स्थित कासुवा खोला हाईड्रोपावरको जेसीबी दुर्घटना हुंदा अपरेटर सोही स्थानका ३० बर्षिया सुरबिर राईको मृत्यु भएको हो ।
बाटोको ट्रयाक खोल्ने क्रममा उक्त जेसीबी बाटोबाट अन्दाजी १०० मिटर तल झर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


