बाढीपीडितलाई सामुदायिक सेवा समाजको राहत

मुनामदन सिलवाल,काभ्रे। बेथानचोकका बाढीपीडितलाई काठमाडौं महानगरपालिका वडा नम्बर ७ मैजुबहाल कुमारीगलस्थित सामुदायिक सेवा समाजले राहत प्रदान गरेको छ ।

समाजले बेथानचोक गाउँपालिका वडा नम्बर ४ का ७ घरपरिवारलाई खानेपानीको सुविधा पुनर्स्थापित गर्नका लागि खानेपानीको पाइप प्रदान गरेको हो । पीडामा रहेका यस क्षेत्रका स्थानीयहरूलाई दीर्घकालीन हिसाबले सहयोग पु¥याउने उद्देश्यका साथ खानेपानीको पाइप हस्तान्तरण गरि राहत प्रदान गरिएको संस्थाका अध्यक्ष शिवराम अर्यालले बताउनुभयो ।

सामुदायिक सेवा समाज र सामुदायिक योग समूहको सहकार्यमा २०८१ मा देउसीभैलोबाट उठेको रकम संकलन गरि ३० घरपरिवारलाई २ हजार मिटर खानेपानी पाइप वितरण गरिएको हो ।

राहत सामग्री ४ नम्बर वडाध्यक्ष कृष्णबहादुर लामा, निवर्तमान वडाध्यक्ष लालबहादुर श्रेष्ठ, स्थानीयको रोहबरमा संस्थाका अध्यक्ष शिवराम अर्यालले वडाध्यक्ष लामालाई हस्तान्तरण गर्नुभएको हो । वितरण गरिएको पाइपबाट बाढी पीडित घरपरिवारले खानेपानी सहज रुपमा प्राप्त गर्ने अपेक्षा संस्थाको छ ।

मैजुबहाल कुमारीगालमा रहेको सामुदायिक भवनमा देउसीभैलो कार्यक्रमबाट संकलित ८० हजार ८ रकमबाट २ हजार मिटर पाइप खरिद गरि हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष अर्यालले बाढीपहिरो पीडितको दुःखमा मल्हम लगाउन पाउँदा थप उत्साहित भएको बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले सामुदायिक सेवा समाजमा १३ जनाको कार्यसमिति रहेको जानकारी दिनुभयो । ३०० भन्दा धेरै सदस्यहरू रहेको संस्थाले विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको छ ।

वितरित पाइपबाट स्थानीयले दोभानखोका, मुलखोला, कोप्चेखोला, लथङडाडाका मुहानबाट खानेपानी ल्याइने बेथानचोक गाउँपालिका निवर्तमान वडाध्यक्ष लाल बहादुर श्रेष्ठ बताउनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।