झापा चारआली खानेपानीमा माओवादी उम्मेद्वार विजयी, काँग्रेस–एमालेका उम्मेद्वार पराजित

विराटनगर । झापा नेकपा एमालेको आधार जिल्ला हो । एमालेको प्रतिस्पर्धी दल काँग्रेस हो । २०७९ सालको निर्वाचनलाई आधार मान्ने हो भने झापामा माओवादी केन्द्र पाँचौं स्थान हो ।

तर, झापाको मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा भने कांग्रेस र एमालेका उम्मेद्वारलाई दोब्बर मतले पराजित गर्दै माओवादीका उम्मेद्वार विजयी भएका छन् ।

माओवादीका उम्मेद्वार राजन चिमरियाले अध्यक्ष पदमा विजयी मात्रै भएनन् उनको प्यानल नै जिताउन सफल भए । खानेपानी संस्थाको निर्वाचनमा नेपाली काँग्रेसको लोकतान्त्रिक समूह, नेकपा एमालेको प्रगतिशील समूह तथा नेकपा माओवादी केन्द्रसहित रास्वपालगायातका अन्य दलको साझा उम्मेद्वार समूह चुनावी प्रतिस्पर्धामा थिए । गत आइतबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रको नेतृत्वले १२ पदमध्ये ११ पदमा जित निकालेको छ ।

खुल्ला सदस्यमा नेकपा एमालेका हरिप्रसाद घिमिरेबाहेक सवै विजयी उम्मेद्वार माओवादी केन्द्रको नेतृत्वको गठबन्धनका हुन् । तीन लेखा समितिसहित १२ पदका लागि निर्वाचनको लागि मतदान भएको थियो । माओवादी केन्द्र मेचीनगरका अध्यक्षसमेत रहेका चिमरियाले ९ सय ११ मत प्राप्त गर्दा एमालेका सन्तोषकुमार मेचेले ४ सय ९३ र नेपाली काँग्रेसका बालकुमार विष्टले २ सय ७२ मत ल्याएका थिए ।

नेकपा एमालेका पुष्पा गौतम खनाललाई ८९ र नेपाली काँग्रेसका उम्मेद्वार दिपा आचार्य पौडेललाई २२४ मतान्तरले पछि पार्दैं गठबन्धनकै मैया कार्की उपाध्यक्षमा विजयी बनिन् । निर्वाचन समितिका अनुसार कार्कीले ६०९, खनालले ५२० र पौडेलले ३८५ मत प्राप्त गरेका थिए ।

सचिवमा पनि साझाका प्रेमराज घिमिरे ६६४ मत प्राप्त गरी विजयी भए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता हुन् । सचिवका प्रतिस्पर्धीहरु काँग्रेसका राजेन्द्रप्रसाद रिजालले ३४२ र एमालेका दामोदर घिमिरेले ५१६ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि साझा उम्मेद्वार साउन मेचे (बादल)ले ५ सय ७७ मत ल्याएर विजयी बन्दा काँग्रेसका यमकान्त पौडेलले ३७८ र एमालेका प्रकाश बरालले ५५८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, साझा उम्मेदवारहरु पुरुषोत्तम सिग्देल (६१९), महिला सदस्य चन्द्रकला तदेबुङ् (६१३), तेजबहादुर लिम्बू (६७३), अञ्जु फेवादिन (५८९) विजयी भएका छन् । खुल्लाबाट एमालेका हरिप्रसाद घिमिरे (५८३) विजयी भए । लेखा समिति संयोजकमा साझाका अर्जुन खनाल (५६२), खुल्ला सदस्यमा रुद्रप्रसाद रिजाल (६२४), महिला सदस्य रितादेवी रिजाल न्यौपाने (५७९) विजयी भएका छन् । यो निर्वाचन मत परिणामले झापाको कन्काई ६ मा आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा समेत असर गर्ने स्थानीय बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।