सुनसरीमा स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु

सुनसरी, मंसिर ०४ गते । सुनसरीको रामधुनी नगरपालिका-२ शिवचोक स्थित पुर्व पश्चिम लोकमार्गमा UP16EK1989 नम्बरको भारतिय स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु भएको छ ।

मंसिर ४ गते दिउँसो पौने २ बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्र.१-०२-००४ ह ४३१५ नम्बरको सिटी सफारीलाई सोहि दिशा तर्फ जादै स्कारपियोले पछाडिबाट ठक्कर दिंदा सफारी चालक रामधुनी-५ की ३६ बर्षीया सोनीया कुमारी चौधरी गम्भिर घाईते भएकोमा उपचारको क्रममा ओमसाई अस्पताल झुम्कामा मृत्यु भएको हो ।

ठक्कर दिने सवारी र चालक भारत बिहारका ३४ बर्षीय अनिरुद्र सुदीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।