सुनसरीबाट प्रतिवन्धित लागुऔषध सहित ७ जना पक्राउ

सुनसरी, मंसिर ५ गते । सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिवन्धित लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको संयुक्त प्रहरी टोलीले मंसिर ५ गते सुनसरी कोशी गाउँपालिका-१ छोटी भन्सार कार्यालय अगाडीबाट भोक्राहा नरसिंह गाउँपलालिका-२ का १९ बर्षीय साजन सदालाई १ ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउनसुगर, सुनसरी बराहक्षेत्र नगरपालिका-९ का २२ बर्षीय शिव चन्द्रवंशी र २० बर्षीय अभिशेक चन्द्रवंशीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर, भारतबाट नेपाल तर्फ को १४ प १९१७ नम्बरको मोटरसाईकलमा आउँदै गरेका भोक्राहा नरसिंह-५ का १९ बर्षीय नजाम मन्सुरीलाई ८३ मिलिग्राम लागुऔषध ब्राउनसुगर र प्रदेश १-०१-०१३ प ७६१५ नम्बरको मोटरसाईकलमा चालक सुनसरी इटहरी उप-महानगरपालिका-२ का ४० बर्षीय अमित गुरुङ र पछाडी सवार ४० बर्षीय हुकुम राईलाई १ ग्राम ६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय चतराले लागुऔषध ट्रामोल २६ क्याप्सुल सहित बराहक्षेत्र नगरपालिका-२ का ३३ बर्षीय पवन राईलाई नियन्त्रणमा लिएको हो ।

प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖