मन्टेश्वरीका लागि सम्झौता

विराटनगर । विराटनगर—८ स्थित सुशिक्षा निकेतनमा मन्टेश्वरीका लागि भौतिक संरचना निर्माण हुने भएको छ ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा भौतिक निर्माण गर्ने विषयमा त्रिपक्षीय सम्झौता भएको छ । विराटनगर वडा नम्बर ८, विद्यालय र राउण्ड टेवल—५ बीच सम्झौता भएको हो । वडाध्यक्ष राम पोखरेल, विद्यालयका प्रधानाध्यापक चित्र पोखरेल र राउण्ड टेवलका तर्फबाट अध्यक्ष पियुष लुनिया र सचिव राजन भगतले हस्ताक्षर गर्नुभयो ।

१५ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ८ नम्बर वडाले २५ प्रतिशत र बाँकी रकम राउण्ड टेवल—५ ले व्यहोर्ने सम्झौतामा उल्लेख छ । भौतिक संरचना निर्माणका लागि राउण्ड टेवलले १३ लाख रुपैयाँले व्यहोर्नेछ । एक महिनाभित्र निर्माण सम्पन्न गरी वडा कार्यालयलाई हस्तान्तरण गरिने र राउण्ड टेवल—५ का अध्यक्ष पियुष लुनियाले जानकारी दिनुभयो । राउण्ड टेवलले सो विद्यालयको बगैंचा निर्माण र रंगरोगनसमेत गर्नेछ ।

कार्यक्रममा मेयर कोइरालाले सबैको सहकार्य र सहयोगले भावीपुस्ताले गर्व गर्न लायक विराटनगर बनाउन सकिने उल्लेख गर्नुभयो । विराटनगरको विकासका लागि थुप्रै क्षेत्रमा साझेदारी गर्न सकिने उहाँको भनाइ थियो । वडाध्यक्ष राम पोखरेलले अन्य विद्यालयमा पनि मन्टेश्वरी सञ्चालन, शौचालय, पार्क निर्माणलगायतका विषयमा साझेदारी गर्ने योजना रहेको सुनाउनुभयो ।

यसअघि विद्यालयको भवन निर्माण, कम्प्युटर ल्याब, कक्षाकोठालगायत निर्माण गरेको थियो । त्यस्तै सो विद्यालयका विद्यार्थीलाई पोशाक वितरणसँगै खाजाको समेत व्यवस्था मिलाउँदै आएको छ । विद्यालयका १२ जना विद्यार्थी काठमाडौं घुमाउने योजनासमेत सचिव भगतले सुनाउनुभयो । विद्यार्थीलाई हवाई जहाजबाट लाने र ल्याउने व्यवस्था मिलाइनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।