उदयपुरमा ट्रक दुर्घटनामा बुवाको मृत्यु, दुई छोरा घाइते

उदयपुर । उदयपुरमा ट्रक दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। त्रियुगा नगरपालिका-१३ असारीस्थित दनुवारी चोकबाट गाईघाटतर्फ आउँदै गरेको स१त ५७४२ नम्बरको ट्र्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको प्र १-०५-००१ प ४२७३ नम्बरको मोटरसाइकल बुधबार साँझ एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको र सवार दुई जना छोरा घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरेको थियो।

दुर्घटनमा मोटरसाइकल चालक ४५ वर्षीय महादेव चौधरीको ज्यान गएको छ। घाइते छोराहरू १५ वर्षीय दिवाकर चौधरी र १० वर्षीय कृष्ण चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएमा थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको छ। प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।