बिर्तामोडमा पूजा गर्ने क्रममा आगो लागेर घाइते भएकी बृद्धा न्यौपानेको निधन

झापा । दश दिनअघि आगलागीमा परी घाइते भएकी बिर्तामोडकी ८५ वर्षीया पुष्पलता न्यौपानेको निधन भएको छ । उनी बिताृमोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेकी आमा हुन् ।

उनको उपचारका क्रममा गएराति ९ः४५ बजे भारतको सिलिगुडीमा उपचारका क्रममा निधन भएको हो । गत कात्तिक २७ गते हरिबोधनी एकादशीका दिन एकादशीको पूजा गर्दा दियोको आगो सल्किएर उनी घाइते भएकी थिइन् ।

पूजा गर्ने क्रममा दियोको आगो उनको कपडामा सल्किएको थियो । घाइतेलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि भारतको सिलिगुडी लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि हिजोदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।-न्यूज संजालबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।