मोरङको उर्लाबारीमा दुई वटा मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुँदा ३ जनाको मृत्यु,१ गम्भिर

मोरङ, मंसिर ०७ गते । मोरङको उर्लाबारी नगरपालिका-३ स्थित पूर्व पश्चिम लोकमार्गमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा मोटरसाईकलमा सवार ३ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन् ।

मंसिर ६ गते साँझ प्र. १-०२-०५० प ८४०६ नम्बर र प्र.१-०२-०४३ प ९२२६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लाग्दा घाईते भएका मोरङ कानेपोखरी गाँउपालिका-४ रमाईलोका २८ बर्षीय किशोर गुरुङ, २८ बर्षीय अमृत लिम्बु र पथरीशनिश्चरे नगरपालिका-५ का ४२ बर्षीय दिपक धिमालको उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाईकलमा सवार पथरीशनिश्चरे-५ का ३० बर्षीय बिष्णु धिमालको बिएनसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।