इटहरीबाट तास खेल्ने ६ जनाको समुह पक्राउ

सुनसरी, मंसिर ०७ गते । सुनसरीको इटहरी उप-महानगरपालिका-६ स्थितबाट तास खेल्ने ६ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर ७ गते राती १० बजे इटहरी-६ स्थितमा रहेको गजुरमुखी होटलमा तास खेलीरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले होटल संचालक इटहरी-४ का ३५ बर्षीय नविन पुरी, इटहरी-६ का ४५ बर्षीय जिवन कार्की, इटहरी-१७ का ५२ बर्षीय दुर्गा कार्की, बराहाक्षेत्र नगरपालिका-१ का ३० बर्षीय सुवास राई, बराहक्षेत्र-८ का ४९ बर्षीय खड्ग बहादुर विष्ट, रामधुनी नगरपालिका-५ का ४६ बर्षीय गौरी शंकरलाई पक्राउ गरेको छ ।

प्रहरीले उक्त स्थानबाट नगद २ लाख २८ हजार ५ सय रुपैयाँ र ३० प्याकेट तास समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।