सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना, १४ जना घाइते

धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न. जीप बाबियाचौरको देउराली नजिकै दुर्घटना हुदाँ १४ जना घाइते भएका हुन्।

घाइते हुनेमा कैलाली जिल्ला जानकी गाउँपालिका-९ को दीपबहादुर शाही, पञ्चपुरी नगरपालिकाका सुर्खेतका पार्वती घर्ती मगर, वर्षा सुनार, शिवराज सुनार, नरबहादुर देउवा रहेका छन्। 

यस्तै पञ्चपुरी नगरपालिका-२ का भावना रोकाय, दैलेख जिल्ला दुल्लु नगरपालिका-३ का प्रकाश महत, कैलाली जिल्ला घोडाघोडी नगरपालिका-७ का खगेन्द्र कँडेल, घोडाघोडी नगरपालिका-७ कै सन्तोष धामी र उनकी श्रीमती सरस्वती धामी, डडेलधुरा जिल्ला परशुराम नगरपालिका गणेशप्रसाद जैसी रहेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका-८ का सृष्टि घिमिरे, सोही ठाउँकै टिका घिमिरे र गाडीचालक कैलाली जिल्ला जानकी गाउँपालिका-९ का केशव खड्का घाइते भएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ। घाइतेमध्ये दीपक बहादुर शाही र पार्वती घर्ती मगरलाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ भने अन्यलाई सामान्य उपचारपछि घर पठाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।