महोत्तरीको रामगोपालपुर-२ को उपनिर्वाचन: हाई प्रोफाइलका नेताको परिक्षा

बिशाल बस्नेत/ महोत्तरी । सत्ता सहयात्री दलहरुले नेकपा एमालेलाई वहिष्कार गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसगँ महोत्तरी क्षेत्र नं.४ मा क्षेत्रीय गठबन्धन गरेको एक महिना पनि वितेको छैन ।

 

सोही क्षेत्रको रामगोपालपुर नगरपालिका वडा नं.२ मा उपनिर्वाचन हुँदै छ । एक महिना अगाडि नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जसपा र लोसपा मिलेर वनेको साझा गठबन्धनलाई लिएर अहिले उपनिर्वाचनको सन्दर्भमा चर्चाहरु सुरु भएको छ ।

यदपी सोही क्षेत्रका संघिय संसद महेन्द्र यादवले तत्कालिन समयमा विकासको लागि साझा मोर्चा भएको तर चुनावी गठबन्धन नभएको प्रष्ट वनाएका थिए ।

नेता यादवले भनेजस्तै अहिले वडा नं.२ मा सवै दलहरुले एक्लाएक्लै आफ्ना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । यस्ले उक्त गठबन्धन चुनावी एजेन्डा थिएन भन्ने प्रमाणित भएको छ तर  चुनावी नतिजाको आकलनका सम्बन्धमा भने महोत्तरी राजनितीवृतमा आफ्नै विश्लेषण सुरु भएका छन ।

मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री तथा नेकपा एमाले संसदिय दलका नेता समेत रहेका सरोज यादवको वडा भएको हुनाले पनि यो वडाको उपनिर्वाचन चर्चामा रहेको हो ।

उक्त वडाका वडा अध्यक्ष मुकेश यादवको सडक दुर्घटनामा परेर निधन भएपछी उपनिर्वाचनलाई विशेषत: मन्त्री यादवले एमाले उम्मेदवार जिताउन आफ्नो राजनिती प्रतिष्ठाको लडाई समेत वनाएको देखिन्छ ।

मृतक वडा अध्यक्ष मुकेश माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । माओवादीले उनको मृत्यु सडक दुर्घटनामा नभई हत्या भएको दाबी गर्दै आएको छ । उनै मृतक मुकेशकी श्रीमती आइती देवी यादवलाई वडाध्यक्षको उम्मेदवार बनाएर माओवादीले चुनावी कार्यक्रम गरेको छ ।

नेकपा एमालेले सकिवुल खाँ, नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँलाई र जसपाले नाजामुद्दीन खानलाई उम्मेदवार बनाएका छन् ।

कुल २१३७ मतदाता रहेको यो वडामा २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका मृतक वडा अध्यक्ष मुकेश यादवले अहिले कांग्रेसले उम्मेदवार बनाएको मोहम्मद जनिफ खाँलाई पराजित गर्दै विजयी भएका थिए ।

एमालेले उम्मेदवार बनाएका सकिवुल खाँ अघिल्लो निर्वाचनमा जसपावाट उम्मेदवार बनेका थिए । उनी मतको आधारमा तेस्रो स्थानमा थिए भने एमालेको उम्मेदवार कादिर हुसैन चौथो स्थानमा थिए । तर यो उपनिर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रको प्रतिस्पर्धा हुने स्थानियहरुले आकलन गरेका छन ।

नेकपा एमालेका नेता सरोज यादव आफ्नो गृह वडा भएको र जित्नैपर्ने चुनौतिकाविच चुनावी रणनीतिक मोर्चामा छन । यता संगठनिक मत दरिलो भएको माओवादी केन्द्र सहानुभूति र लोकप्रिय मत समेत आफुहरुको भएको दावी सहित मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस भएको तर एमाले अझै  प्रतिस्पर्धी नभएको आकलन गरिरहेको छ ।

राजनितिक प्रतिष्ठाको लडाई र महिला उम्मेदवार त्यो पनि मृतक वडा अध्यक्षका अधुरो कामहरुलाई पूरा गर्न श्रीमती नै चुनावि मोर्चामा होमिनुले यतिवेला महोत्तरीमा माओवादी केन्द्र र नेकपा एमालेको नै चर्चा छ ।

नेकपा एमालेले भने एक महिना अगाडि वनेको क्षेत्रीय गठबन्धनले कतै निर्वाचनमा काम गर्ने त हैन भन्ने पनि आसंका गरेको छ ।

अचम्म लाग्दो त प्रतिस्पर्धामा माओवादी केन्द्र कि आईतीदेवि यादव वाहेक सवै प्रतिस्पर्धीहरु मुस्लिम समुदायवाट छन । टेङ्गर स्थित उक्त वडामा  अहिले ५०% प्रतिशत मुस्लिम समुदायको नै वाहुल्यता छ । यसरी मुस्लिम समुदायका उम्मेदवार नै उम्मेदवार हुँदा मत विभाजन हुने र आईतिदेवीलाई यो थप जित्ने आधार वन्ने कतिपयले बिश्लेषण गरेका छन ।

अघिल्लो निर्वाचनमा मुकेश यादवका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत ल्याएका थिए भने यादव ४३३ मत ल्याएर विजयी वनेका थिए । त्यसपछि जसपाका उम्मेदवार सकिवुल खाँले ३४२, नेकपा एमालेका उम्मेदवार कादिर हुसैनले २८७ मत, लोसपाका मोहम्मद अहमद रेजा खाँले २२ मत र जनमतका उम्मेदवार अशोक कुमार यादवले १७ मत ल्याएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।