इटहरीमा म्याजिकको ठक्करबाट मोटरसाइकलमा सवार संखुवासभाका श्रीमान-श्रीमतीको मृत्यु

इटहरी । इटहरीमा म्याजिकको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार (आज) दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई म्याजिकले ठक्कर दिएको हो ।

दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

इटहरीबाट इनरुवातर्फ जाँदै गरेको म्याजिकले पकलीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । म्याजिक नम्बर तत्काल पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

अहिले घटनास्थलको सीसी क्यामेरा हेरेर घटनामा संलग्न म्याजिकको पहिचान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।