पथरी बजारमा भारतीय नम्बर प्लेटको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै एक जनाको मृत्यु

मोरङ । मोरङमा दुर्घटना हुँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार बेलुका ७ बजेतिर पथरीशनिश्चरे नगरपालिका १ पश्चिम बस स्टेण्ड नजिकै दुर्घटना भएको हो ।

पूर्व–पश्चिम राजमार्गमा बेलबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र–१–०२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको एनएल–०१ एडी ५५११ नम्बरको लहरीले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको तत्काल पहिचान खुलिसकेको छैन ।

प्रहरीले लहरी र चालक भारतको उत्तर प्रदेश मिर्जयापुर बस्ने ४२ वर्षीय दिनेशकुमार दासलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।