सुनसरीबाट नक्कली नोट सहित २ जना पक्राउ

सुनसरी, मंसिर ११ गते । सुनसरीको कोशी गाउँपालिका-१ स्थित लौकही बजारबाट नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ बर्षीय रामनाथ राय र सुन्दरहरैचा मोरङका २० बर्षीय सन्देश उराव रहेका छन ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले नेपाली रुपैयाको नक्कली नोट १ हजार दरको ४ थान बरामद गरेको छ । मंसिर १० गते राती साढे ८ बजे लौकही बजारमा रहेको मनिष किराना पसलमा उनिहरुले सामान किनमेल गरी १ हजारको नोट दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले तत्काल प्रहरीलाई खवर गर्नसाथ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका उनिहरुको साथबाट २ थान र सामान किनेको दुईओटा पसलबाट १/१ थान एक हजार दरको नेपाली रुपैयाको नक्कली नोट बरामद गरेको थियो । नक्कली नोट सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖