झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जना पक्राउ

विराटनगर, मंसिर ११ गते । झापा, मोरङ र सुनसरीबाट प्रतिवन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर १० गते बिशेष सुचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३८ बर्षीय संदेश बस्नेतलाई उनकै घरबाट ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पास्पेन ५ हजार २६ क्यापसुल डिकोलिक ४ सय २० क्याप्सुल सहित पक्राउ गरेको छ भने प्रहरी चौकी कुन्जिबारीको गस्ती टोलीले गौरीगंज गाउँपालिका-१ का २१ बर्षीय उत्तम राजबंशी, १९ बर्षीय गोबिन्द राजबंशी र किरण कोच समेतलाई ९०० मिलिग्राम ब्राउन सुगर, नाईट्राक्रस ८० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी सोही दिन सुनसरीको बराहक्षेत्र नगरपालिका-७ का १८ बर्षीय सुजन तामाङ, १८ बर्षीय पर्वत तामाङ र मोरङ बेलबारी-१ का १८ बर्षीय सारुहाङ राईलाई ट्रामाडोल ९५ क्याप्सुल र स्पास्पेन ९५ क्याप्सुल सहित अस्थायी प्रहरी चौकी बाङ्गेले र बेलबारी-२ का २० बर्षीय राकेश लिम्वुलाई बिराटनगर बसपार्कबाट ७९ वटा एम्पुल (फेनारगन, एभिल, डाईजेपाम) सहित सहित वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।