आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ बर्ष पछि पक्राउ

रौतहट, ११ मंसिर। रौतहटको पूर्बभेग दुर्गा भगवती गाउँपालिका स्थित एकैपटक आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजना अपराधी लाई ४ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दुर्गाभगवती  ४ छतौना बस्ने दोस महम्दको छोरा  बर्ष ४८ को महमद जनिफ रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

 

दुर्गाभगवती गाउँपालिका पिपरा बजारबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरि निज माथि आज कर्तव्य ज्यान कसूर मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भईरहेको  प्रहरी प्रवक्ता  रायले बताएका छन्।

 

दुर्गाभगवती  ४ बस्ने लम्बु भन्ने समरुदिन मियाँ कवारीको श्रीमती  बर्ष २२ की हुस्नेयारा खातुन र निजको छोरा  बर्ष २ को रेहानको २०७७ बैशाख ११ गते राती ८ बजे हत्या गरि अपराधी जनिफले  मसुरोको भुसमा बलि रहेको आगोमा लाश फाली फरार भएका थिए।

 

उक्त स्थानबाट  ३०० मिटरको दुरीमा छोरा रेहानको टाँउको  कंकाल फेला परेको र घटनामा संल्गनलाई खोज तलास गर्ने क्रममा वारदात पश्चात फरार रहेका उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।