झापामा अज्ञात समूहद्वारा गाई चोरी गरेर काटेको घटना सार्वजनिक
झापा । झापाको कनकाई नगरपालिका–३ मा मंगलबार बिहानको राति अज्ञात समूहले लीला प्रसाद सिलवालको गाई चोरी गरेर काटेको घटना सार्वजनिक भएको छ।
स्थानीय पूर्णप्रसाद फुँयालको गोठमा बाँधिएको लीला प्रसाद सिलवालको गाई बिहान दुहुना जाँदा हराएपछि खोजी गर्दा लीला संग्रौलाको घरभित्र काटिएको अवस्थामा फेला परेको थियो।
प्रहरीले घटनामा संलग्न समूहको खोजी सुरु गरेको छ। घटनास्थलमा ज्याला मजदुरी गर्ने मुस्लिम समुदायका केही व्यक्ति बसोबास गर्दै आएको विवरण प्राप्त भएको छ।
दुई महिनाअघि झापाको दमकमा पनि गाई काटिएको घटनामा चार जना पक्राउ परेका थिए।


