प्रतिभा पहिचानमा वक्तृत्वकलातर्फ उषन र गायनतर्फ निराजन प्रथम

विराटनगर । मोरङ बूढीगंगा गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेस्रो बृहत प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगितामा नरग्राम माविकी छात्रा उषन नेपाल प्रथम भएकी छन् ।

१८ विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै उषनले पहिलो पुरस्कार जित्न सफल भइन् । ‘हाम्रो संस्कृतिः हाम्रो पहिचान’ शीर्षकमा आयोजित प्रतियोगितामा जेभियर ईङ्लिस स्कुलका छात्र आदित्य कार्की द्वितीय हुँदा लक्ष्मी माविकी छात्रा पिंकी सहनी तृतीय भइन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र विराटनगरस्थित आदर्श माविका नेपाली विषयका शिक्षक पुण्यराज खनाल निर्णायक रहेको समितिले प्रतिस्पर्धी १८ विद्यालयमध्येबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको नाम घोषणा गरेको थियो ।

त्यस्तै मंगलबार नै गायन प्रतियोगिता भएको छ । प्रतियोगितामा जेभियर ईङ्लिस स्कुलका छात्र निराजन हिङ्माङ प्रथम, नरग्राम माविकी छात्रा सदीक्षा राई द्वितीय, मोरङ पब्लिक स्कुलका छात्र नेशन अपूर्व खनाल र कोर्वान ईङ्लिस स्कुलका छात्र जेनिश झाले सान्त्वना स्थान प्राप्त गरे । गायन प्रतियोगिताको निर्णायकमा इटहरीकी गायिका सुनिता कटवाल र रेवन मगर रहेका थिए । वक्तृत्वकलातर्फको नवोदित र गायनतर्फको निर्णयको घोषणा कटवालले गरेकी थिइन् ।

गाउँपालिकाले छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेस्रो बृहत प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत वक्तृत्व, गायन, चित्रकला, नृत्य, ऐथलेटिक्स, भलिबल, कबड्डीलगायतका प्रतियोगिता समावेश गरेको छ । सबै प्रतियोगिताका विजयी विद्यालय र विद्यार्थीलाई मंसिर १५ गते पुरस्कार, ट्रफी, प्रमाण, मेडल, शिल्ड प्रदान गरिने प्रतियोगिता आयोजक बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले जानकारी दिए ।

कार्यक्रम नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए । गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री चौधरीसहित पूर्व खेलकुदमन्त्री डिगबहादुर लिम्बू, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, गाउँपालिकाकी उपाध्यक्ष अमृतकुमारी गच्छदार, मोरङ व्यापार संघका पूर्वअध्यक्ष नविन रिजाल, नरग्राम माविका प्रधानाध्यापक कैलाश केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

पालिकाभरिका ३५ विद्यालयको सहभागिता रहेको प्रतियोगिता मंसिर १५ गतेसम्म सञ्चालन हुने कार्यक्रमको संयोजन गरिरहेको नरग्राम माविका शिक्षक तुलसी खतिवडाले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।