मोरङमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु
मोरङ । मोरङको सुन्दरहरैचा स्थित खोर्सानेमा मंगलबार राती मोटलसाइकल दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
खोर्साने-केराबारी सडक खण्डमा केराबारी तर्फ जाँदै गरेको प्र १-०२-०४६ प ३२१२ नं को मोटरसाइकलले सुन्दरहरैंचा नगरपालिका वडा नं १० बस्ने ६४ वर्षिय सीता गुरागाईलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते महिलालाई विराटनगर स्थित नोबेल मेडिकल कलेज पठाइएको थियो । उनको अस्पताल उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


