झापाको कनकाईमा गौहत्या आरोपमा पाँच जना पक्राउ
झापा । झापाको कनकाई नगरपालिकामा गाैहत्या गरेको आरोपमा (हिजो) पाँच जना पक्राउ परेका छन्।
प्रहरीले बाह्रदशी गाउँपालिकाको चकचकी क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बाह्रदशी-४ का बुदना आलम, उनकी पत्नी, सालो, र केही अन्य व्यक्ति रहेका छन्।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको भन्दै अन्य व्यक्तिहरूको नाम खुलाएको छैन।


