झापाको मेचीनगरबाट बाँसझ्याङमा अवैध रुपमा ल्याएर लुकाइछिपाई राखिएको ७ सय केजी लसुन बरामद
झापा, मंसिर १२ । प्रहरीले झापाको मेचीनगरबाट भारततर्फ तस्करीका लागि तयार गरिएको अवैध लसुन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर-६ बाँसझ्याङमा अवैध रुपमा ल्याएर लुकाइछिपाई राखिएको बेवारिशे अवस्थामा लसुन बरामद गरेको हो ।
बरामद गरिएको लसुन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


