झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर, मंसिर १२ गते । झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर ११ गते दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधी ३४ एम्पुल सहित बिराटनगर-१५ का २१ बर्षीय सेफ्ला अन्सारी, सुन्दरहरैचा-५ का २४ बर्षीय बिशाल शाक्य र सुनसरी धरानका २९ बर्षीय कमल मियालाई पक्राउ गरेको छ ।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ का ४८ बर्षीय रविन तामाङलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय पाँचथरले तुम्वेवा गाउँपालिका-३ का १९ बर्षीय विवश सम्वाहाम्फे र फिदिम-१ का १८ बर्षीय क्षितिज बराईलीलाई ट्रामाडोल ‍१६ क्याप्सुल र गाँजा १०० ग्राम सहित फिदिम नगरपालिका-१ बाट पक्राउ गरेको छ ।

त्यसै गरी सुनसरीको दुहबी नगरपालिका-११ स्थितमा इलाका प्रहरी कार्यालय दुहवी र अस्थायी प्रहरी चौकी तनुमनाबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थमा रहेको को. २६ प ६४८४ नम्बरको मोटरसाईकलमा रहेको काटुनमा ३९ किलोग्राम २३ ग्राम गाँजा बरामद गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।