गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो।

दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते छन्। उनको नागरिक अस्पतालमा उपचार भइरहेको छ।

ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्ध बहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।