इटहरीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी। इटहरीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

इटहरी १३ खनारस्थित कालीमन्दिर अगाडी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक स्थानीय अन्दाजी ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको खनार ट्राफिक प्रहरीका प्रमुख प्रहरी सहायक निरीक्षक रजाराम यादवले जानकारी दिए। टाउकोमा गम्भीर चोट लागेका रिजालको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा हिजो साँझ ६ बजेतिर मृत्यु भएको यादवले बताए। घाइते भएका तीनजनाको उपचार भइरहेको छ।

सोही स्कुटर पछाडि सवार अन्दाजी ३३ वर्षीया बबिता रिजाल घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको छ। घाइते बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ। मृतक गोपाल र बबिता ससुरा-बुहारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसैगरी मोटरसाइकल चालक कोसी गाउँपालिका-८ बस्ने अन्दाजी २६ वर्षीय आशिक आलम र पछाडी सवार इटहरी १४ बस्ने अन्दाजी २५ वर्षीया विनिता पाठक घाइते भएका छन्। उनीहरूको गोल्डेन हस्पिटल विराटनगरमा उपचार भइरहेको छ। आशिकको टाउकोमा चोट लागेको छ भने विनिताको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

ढेड महिनाको अवधिमा इटहरीको विभिन्न क्षेत्रमा सडक दुर्घटनाका कारण छ जनाले ज्यान गुमाएका छन् भने एक दर्जन घाइते भएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।