विराटनगरबाट भन्सार छलीका सामान बरामद
विराटनगर, मंसिर १४ गते । मोरङ जिल्लाको विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट एक जना मानिस सहित अवैध लत्ता कपडाका सामान प्रहरी टोलीले पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका वडा नं. १५ स्थित मसुदन खातुनको घरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली गई खान तलासी गर्दा भारतको जोगबनीबाट भन्सार छली चोरी पैठारी गरी ल्याई प्लाष्टिकको बोरामा प्याक गरी राखेको अवस्थामा मोजा- ३६६० जोर, टाउजर- ४६ थान र सुईटर- २४ थान सहित जम्मा अन्दाजी मुल्य रू. १,२६,२००/- (एक लाख छब्विस हजार दुई सय ) बराबरको सामान बरामद गरी निज घरधनी मसुदन खातुन समेत लाई नियन्त्रणमा लिई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय रानी पठाईएको छ ।
त्यसैगरी विराटनगर महानगरपालिका वडा नं. ९ रोडशेष स्थितमा भारतको जोगबनीबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लास्टिकको बोरामा प्याक गरी सडक किनारमा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटि गएका प्रहरी टोलीले चेकजाँच गर्दा उलन कुर्था सुरुवाल -४१ जोर, उलन सुईटर-३ थान, मोटो उलन कुर्था सुरुवाल- २ जोर सहित जम्मा अन्दाजी मुल्य रू ६६,६००( छैसठ्ठी हजार दुई सय) बराबरको सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा पठाईएको ।


