शिक्षकको लापरपाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भिर

मुकेश कुमार यादब/सिरहा, १४ मंसिर। सिरहाको नरहामा शिक्षकहरुको लापरवाहीले विद्यालयको गेट ढल्दा दुइजना बालक घाइते भएको छन् ।

घाइते मध्येय एकको अवस्था गम्भिर रहेको छ। नरहा गाउँ पालिका १ गौरहा स्थित श्री आधारभुत विद्यालयको फलामे गेट ढलेर चोट लाग्दा कक्षा ४ मा अध्ययनरत कासिन्द सदायका छोरा १० वर्षिय राजेश सदाय र फुल कुमार यादवको छोरा ११ वर्षिय प्रिन्स यादव घाइते भएका हुन्। 

 

घाइते मध्येय राजेशको अवस्था गम्भिर रहेको छ। उनको टाउकोमा गम्भिर चोट लागेकाले थप उपचारको लागि विराटनगर लगिएको विद्यालयका शिक्षक रामजुलुम यादवले बताए। उनले, ‘प्रिन्सको पिठ्युमा घाउ लागेको र अवस्था चिन्तामुक्त रहेकाले गोलबजारस्थित लाईफ लङ्ग अस्पतालमा उपचार भईरहेको छ।’  फलामे ढोकाले लागेर राजेशको टाउकोमा गम्भिर चोट लागेको शिक्षक यादवले जनाए। 

 

यता, कार्यालय सहयोगीले विद्यार्थीलाई गेट खोल्न लगाउँदा घटना हुन पुगेको स्थानियहरुको आरोप छ।  ढोका खोल्दा ढोकाबाट साउन्ड आयो र एकैपल्ट ढोका झर्दा बिद्यार्थीहरुको भागाभाग भएको थियो सो क्रम्मा दुई बिद्यार्थी घाइते भएको स्थानियहरुको भनाई छ । 

विद्यालयका कार्यालय सहयोगी मुख्य स्लाईड गेट आधीमात्र खोेलेर कक्षा कोठा र कार्यालय खोल्न गए पछि राजेश गेटमा चढेर प्रिन्सलाई धकेल्न लगाउँदा गेटको चक्का उछिट्टिएर ढल्दा चोट लागेको शिक्षकहरुको भनाई रहेको छ।

बिद्यालयका शिक्षकहरु समयमा विद्यालय नआउनाले पनि यो घटना हुन पुगेको अभिभावकहरुको गुनासो रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।