गिरीबन्धु टी इस्टेटअगाडि कुकर बम राख्ने दुईजना पक्राउ

झापा । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने दुईजना पक्राउ परेका छन् ।

घटना गराएको करिब अढाई महिनापछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ गाउँपालिका ९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका ६ शिवालय टोल बस्ने २० वर्षीय धिरज माझी रहेका छन् ।

बुधबार राजकुमारलाई उर्लाबारी ७ स्थिच चोकबाट पक्राउ गरिएको हो भने सोही दिन धिरज पथरीशनिश्चरे नगरपालिका १ जाँतेरोड चोकबाट पक्राउ परेका हुन् । घटनापश्चात् फरार रहेका उनीहरुलाई सुक्ष्मरुपमा अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनीहरुलाई विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए ।

गत भदौ २८गते बिहान बिर्तामोड ६ स्थित गिरीबन्धुकै शमशेर एण्ड गंगादेवी टी स्टेटको पश्चिम पर्खालनजिकै क्षति पुर्याउने उद्देश्यले उनीहरुले कुकर बम राखेका थिए ।-न्यूज संजालबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖