मोरङको रंगेलीमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
मोरङ, मंसिर १५ गते । मोरङको रंगेली नगरपालिका-८ भित्री सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मंसिर १४ गते दिउँसो साढे १ बजे को. २ त ३१७२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना हुंदा ट्याक्टरले किचिएर ट्याक्टर चालक स्थानीय ३७ बर्षीय लाला हेमरम भन्ने प्रतु हेमरमको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी घाईते भएका ट्याक्टरमा सवार जहदा गाँउपालिका-७ का ४५ बर्षीय मोन्सी मुर्मुको रंगेली अस्पताल रंगेलीमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।


