झापा र मोरङबाट लागुऔषध सहित ३ जना पक्राउ
विराटनगर, मंसिर १५ गते । झापा र मोरङबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर १४ गते दिउँसो झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले को.१२ प ४५७३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका-१ घर भई हाल इटहरी-१९ मा बस्दै आएका २८ बर्षीय जिवन कामीको साथबाट ब्राउन सुगर ३ ग्राम फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय पथरी मोरङको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-१ बाट औषधी ट्रमाडोल ९२ चक्की सहित झापा दमक-७ का सिबु लिम्बु र मनिष लिम्बुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


