कोशी प्रदेशमा सवारी दुर्घटना न्युनिकरणको लागि टाईम कार्ड लागु तथा चालक प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

इटहरी,मंसिर १५ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कोशी प्रदेशको सहकार्यमा कोशी प्रदेशमा सार्वजनिक सवारी साधनको प्रभावकारी व्यवस्थापनका लागि टायमकार्ड लागू गर्ने र चालक प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने कार्यक्रम मोरङको सुन्दर हरैचा–७, गछियामा सम्पन्न भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो ।

कार्यक्रममा सार्वजनिक सवारी चालकहरूलाई टायमकार्डको महत्व र जिम्मेवारीबारे जानकारी दिइएको थियो भने चालकहरूले ट्राफिक नियमहरूको पालना गर्ने, निर्धारित समयतालिका अनुसार सवारी सञ्चालन गर्ने, र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै चालक प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि, खापुङले, सवारी दुर्घटना गम्भिर बिषय भएको र यसलाई न्यूनिकरण सरोकारवाला निकाय सबै जिम्मेवार बन्नु पर्ने जनाउदै “टायमकार्ड प्रणाली लागू गर्नु कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र दुर्घटना न्यूनीकरण गर्न महत्त्वपूर्ण कदम हुने बिस्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका संयोजक सरोज श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राई, बिभिन्न यातायात व्यवसायी, मजदुर संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरु, यातायात व्यवसायी लगायत अन्य ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।