गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्

काठमाडौ । सामाजिक अभियन्ता तथा चर्चित टिकटकर गिभिना मगरलाई एकसाथ दुई पारिवारिक शोक परेको छ । दुर्घटनामा आमा गुमाएको केही समयमा उनले भाइसमेत गुमाएकी छन् । आमाको निधनले विक्षिप्त छोरा (गिभिनाका कान्छा भाइ) ले पनि घरमै आत्महत्या गरेका छन्।

उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको हो । आमाको निधनपछि शोकाकुल बनेका २६ वर्षका भाइ रामकुमार बुढा समेत शनिबार मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पोखराको याम्दीमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते आमा धनकुमारी बुढा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार बेलुकी मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए ।

प्रहरीका अनुसार रामकुमार पोखरास्थित कोठामै मृतावस्थामा फेला परेका थिए । आमाको मृत्युको खबर सुनेपछि बिछिप्त भएका रामकुमार राति १२ बजे झुण्डिएको अवस्थामा फेला परेको बताइन्छ ।

स्थानीयका अनुसार राति उनलाई फोन गर्दा फोन नउठेपछि खोजी भएको थियो । कोठामा पुगेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । मोबाइल झुण्डिएकै तल भूँइमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

धनकुमारी आफ्ना पति गणेश मगरसँगै थिइन्। उक्त दुर्घटनाको सिसी टिभी फुटेज हेर्दा पतिभन्दा एकदुई कदम उनी अगाडि देखिन्छन्। उनी अघि बढ्न लागेको दृश्य देखिन्छ। यत्तिकैमा पोखरातर्फ आउँदै ट्रकले ठक्कर दिएको छ। दुर्घटनामा रगताम्य उनलाई तत्काल मणिपाल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको थियो

गिभिना परिवारकी जेठी छोरी हुन्। उनका दुई जना भाइ छन्। मृतक दुवै जनाको शव अस्पतालमा राखिएको छ। दाङको मगर परिवार लामो समयदेखि पोखरा आई बसेको हो। मृतकको पोखरा सेती नदीमै अन्त्येष्टि गरिने परिवारजनको तयारी छ।

पोखरामा बस्दै आएकी गिभिना सामाजिक सञ्जालमा आफ्नो सामाजिक कामका कारण चर्चित छिन् । गिभिना गत साता मात्रै विवाह बन्धनमा बाँधिएकी थिइन् ।-स्रोत :गण्डकन्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।