चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताएका छन् ।

 

नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले बिआरआईमा नेपाली कांग्रेस र नेकपा एमालेबीच फरक मत नरहेको बताएका हुन ।

 

अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै उहाँले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको उनको भनाइ थियो । उपप्रधानमन्त्री सिंहले कुनै योजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भएपनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेको बताए ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस– एमालेले संयुक्त रूपमा नै एजेण्डा तयार गरेको पनि उनले बताए ।
यसअघि चीनले दिने घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्ने पनि उनको भनाइ थियो ।

 

त्यस्तै उनले ओली सरकार ढल्छ भनेर अफवाह फैलाइएपनि त्यसमा सत्यता नरहेको दाबीसमेत गरेका छन ।

 

‘कांग्रेस सभापती शेरबहादुर देउवा बोलीमा इमानदार हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा छ  । प्रधानमन्त्रीजीले सहमति अनुसार हस्तान्तरण हुने बताइरहनुभएको छ, सरकारमा समस्या छैन्’ उनले भने । राजनीतिक स्थायीत्व र स्थीरताको जगमा आर्थिक समृद्धि र विकासनै सरकारको प्रमुख प्राथमिकता रहेको पनि उपप्रधानमन्त्री सिंहले बताए ।

 

त्यस्तै, उहाँले संघियताको मर्मअनुसार तल्लो तहमा शक्ति हस्तान्तरण नहुँदा अहिले संघीयतामा नै प्रश्न उठेको जनाए । सिंहले संघीयतालाई बलियो बनाउन संविधानको  व्यवस्थाअनुसार प्रदेश र स्थानिय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड थियो । 

 

असहज अवस्थामा देशलाई कांग्रेसले नै निकास दिएको चर्चा गर्दै अब पनि देशको आर्थीक समृद्धि र विकास कांग्रेसले नै गर्ने र त्यसका लागि सुदृढ र एकतावद्द कांग्रेस बनाउनुपर्नेमा जोड थियो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।