शतबीज छर्न गएकी महिलाको झापामा मृत्यु

झापा । झापाको सताक्षीधाममा शतबीज छर्न गएकी एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार कन्काई नगरपालिका ४ बस्ने अन्दाजी वर्ष ४५ –५० को जस्तो देखिने सरिता टुडूको मृत्यु भएको हो। उनको मृत्युको कारण खुल्न सकेको छैन।

प्रहरीले हिजो बिहान पौने १२ बजे सिकिस्त अवस्थामा फेला पारेको थियो। उनी सताक्षीधाममा शतबीज छर्न आएको बताइएको छ । पितृहरूको नाममा शतबीज छरिसकेपछि उनले भुइँमा प्लास्टिक ओछ्याएर सहयोग मागिरहेकी थिइन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दाताले केही नगद र अन्नपात सहयोग दिइरहेका थिए । ‘उनी सहयोग मागिरहेका बेला एक्कासि ढलेकी थिइन्,’ घटनाका प्रत्यक्षदर्शीले भने ।

भुइँमा ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, डाक्टरले मृत घोषणा गरेको बताइएको छ । ढलेको देखेपछि निकै ठूलो भीड लागेको थियो। भीडकै कारण उनले समयमा उपचार नपाएको बताइएको छ । ढलेको ठाउँदेखि अस्पतालसम्म जाने यातायातका साधन नहुँदा समयमै अस्पताल पुर्याउन नसकिएको एक रेडक्रसकर्मीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖