तस्करको स्कोरपीयोले किचेर सशस्त्र प्रहरी सईको मृत्यु

मुकेश कुमार यादब/सिरहा, १६ मंसिर। सिरहामा तस्करको स्कोरपीयोले किचेर एक सशस्त्र प्रहरी सईको मृत्यु भएको छ।

 

भारतीय सीमानजीकै बडीयारपट्टी १ कचनारी भित्री सडक खण्डमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षिय लक्ष्मण प्रसाद यादवलाई आईतबार विहान तस्करको स्कोरपीयोले किचर मृत्यु भएको हो। 

नेपालबाट भारत तर्फ गईरहेको तस्करको स्कोरपीयो रोक्न खोज्दा यादवलाई ठक्कर दिएर भाग्न लागेका थिए। ठक्करबाट यादवको मृत्यु नभएपछि उनलाई स्कोरपीओ ब्याक गरेर पुनः किचेको प्रहरीको भनाई छ।

सशस्त्र प्रहरी ७ नम्वर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिलाई देखेर भाग्ने क्रममा स्करपीयोले ठक्करदिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए। उनले अहिले सम्म ती स्कोरपीयोले मदिरा बोकेको भन्ने सूचना आएपनि स्कोरपीयो फेला नपरेकाले यसै भन्न नसकिने जनाए।  

विओपी वडहरीमा कार्यरत सशस्त्रका सय यादवको नेतृत्वमा ५ जना र प्रहरी चौकी कचनारीबाट खटिएको असई बीरेन्द्र कुमार शाह नेतृत्वको ५ जनाको संयुक्त मोटर साइकल गस्ति टोलीलेको विच घटना भहुँदा पनि स्कोरपीयो भाग्न सफल हुनुले घटनालाई थप ससंकीत बनेको एक प्रहरी अधिकृत बताउँछन्। 

उनले भने, ‘यो सामान्य घटना होइन। १० जना हतियार सहितको टोलिमा एक जना प्रहरीको मृत्यु भएको छ।  यसले प्रहरी आफै संकाको घेरामा परेको छ।’

ती प्रहरी अधिकृतले भने, ‘जिल्लाका प्रहरी, प्रशासन प्रमुखहरुकै मिलेमत्तोमा यस क्षेत्रबाट निर्वाधरुपमा मदिरा भारत तर्फ तस्करी भईरहेको थियो। त्यो पछिल्ला दिनहरुमा पक्राउ परेका घटनाले पनि देखायो। यो घटनाले भने मदिरामात्र नभई अन्य सामाग्रि पनि तस्करी भएको हुन सक्ने देखाउँछ।’

उनले थपे, ‘घटना दशगजा देखि ४ सय मिटरको दुरीमा नेपाल तर्फ भएको हो। मदिरा तस्करले नेपालमा यति ठूलो उपद्रो गर्दैन। भारतमा मात्र उनीहरुलाई डर हो। यो गाडीमा सुपाडी, सुकमेल, प्रतिवन्धित लागूऔषध गाँजा वा त्यस्तै कुनै बहुमुल्य सामाग्री हुनु पर्छ।’

यता परिवारजनले घटनाको उचित छानविन गर्नु पर्ने माँग गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहानमा चक्का जाम सहित प्रदर्शन गरिरहेको छ। उनीहरुले सिरहाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई निलम्वनगरी घटनाको छानविन गर्नु पर्ने माँग गर्दै आएको छ। 

यादवको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।