बाघको आक्रमणवाट वडा अध्यक्ष घाईते

सञ्जय मिश्रा /रौतहट, १६ मंसिर। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले बाघको आक्रमण बाट गम्भीर घाईते भएका रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडा अध्यक्षलाई  भेटेका छन्।

बाघको आक्रमणमा परी गम्भीर घाईते वडा अध्यक्ष रामजीत चौधरी उपचाररत् रहेको बिरगंज स्थित बयोधा अस्पतालमा गएर अध्यक्ष साहले आईतवार भेटेका हुन।

भेटको क्रममा अध्यक्ष प्रभु साहले घाईते वडा अध्यक्ष चौधरीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए।

शनिबार बिहान बाघको आक्रमणमा परी घाईते भएका वडा अध्यक्ष रामजीत चौधरीको बिरगंज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा रहेका उनलाई लाई आइसियुमा राखेर उपचार भईरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छिन्।

शनिवार बिहान अस्पतालमा भर्ना भएदेखि नै  अचेत रहेका वडा अध्यक्ष चौधरी आज होसमा आएका हुन्। उनको अनुहार, दुइटै हातमा 
गहिरो खत लागेको छ। गुजरा १ रंगपुर गाउँछेउ को लमहा खोलाबाट बौराई चौधरी शनिवार खेतमा पानी पटाआइरहेका थिए।

 

सोही क्रममा वडा अध्यक्ष चौधरी अनुगमनमा गएको समय अचानक आएको बाघ एक्कासी बौराई चौधरी माथि आक्रमण गरेका थिए। मितको साईनो पर्ने बौराई चौधरीलाई बचाउन खोज्दा वडा अध्यक्ष रामजीत चौधरी माथी बाघले आक्रमण गरेको उनकी छोरी मधुले जानकारी दिएकी छिन्।

ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले अर्का घाईते बौराई चौधरीको रक्सौल स्थित डंकन अस्पतालमा उपचार भइरहेको तथा घटना बारे अनुसन्धान भईरहेको बताएका छन्।

थप उपचारका लागि काठमाडौं लगिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।