झापामा सवारी दुर्घटनामा घाइतेको उपचारको क्रममा मृत्यु
झापा । झापारो कमल गाउँपालिका वडा नं. ५ स्थित रतुवा पुल नजिक पूर्व–पश्चिम राजमार्गमा गत मंसिर ४ गते मे.१० प.१४४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको बायाँ भागमा ठोक्किँदा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय रुपेश सुनुवार र पछाडि सवार २८ वर्षीय नितेश राई घाइते भएका थिए।
घाइते दुबै जनालाई प्रारम्भिक उपचारका लागि निम्स अस्पताल, दमक लगिएपछि थप उपचारका लागि न्युरो अस्पताल, विराटनगर रिफर गरिएको थियो। मिति २०८१।०८।१६ गते दुबै जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका थिए।
तर मंसिर १७ गते नितेश राई पुनः बिरामी परेपछि बिहान १०:३० बजे उनका बुबाले उनलाई न्युरो अस्पताल, विराटनगर पुर्याएका थिए। उपचारकै क्रममा बिहान १०:४२ बजे नितेश राईको मृत्यु भएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।


