मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर, मंसिर १८ गते । मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर १७ गते दिउँसो बिराटनगर-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङको पथरी शनिश्चरे नगरपालिका-१ का २२ बर्षीय धिरज गुरुङ, २४ बर्षीय नवराज मगरलाई २ ग्राम ४ मिलिग्राम ब्राउनसुगर सहित र कटहरी गाँउपालिका-१ का २४ बर्षीय आकाश परियार, १५ बर्षीय बालकलाई १ ग्राम २५ मिलिग्राम ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१८ झटियाहि स्थितमा वेवारिसे अवस्थामा रहिको को.२ ह १९६९ नम्बरको अटोमा राखेको ६० किलोग्राम लागुऔषध गाँजा बरामद भएको छ भने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ स्थितबाट प्रहरी चौकी चिरौलीचोक बाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१५ का २१ बर्षीय सनिल राईलाई ५८ किलो ३ सय ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।