किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ

सञ्जय मिश्रा /रौतहट, १८ मंसिर। रौतहट स्थित किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।
 
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका अन्तर्गत श्रीआधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरी रहेका छन्। निज माथी लिखत सम्बन्धी कसूर अन्तर्गत  रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

चन्द्रपुर नगरपालिकाको आर्थिक बर्ष २०८०र०८१ को बिषेश अनुदानबाट श्री आधुनिक प्राथमिक विद्यालय राजपैडामा ४ कोठे भवन निर्माणको लागी ४७लाख, ७५ हजार, ५१२रुपैयाँ ,८५ पैसा , विद्यालयको खातामा रकम निकासा गरीएको थियो।

उक्त रकम नियमानुसार भुक्तानी पाउने गरी रकम रोक्का गरी विद्यालय भवन निर्माणको लागी ५३ लाख,९८ हजार,२८९ रुपैयाँ,५२ पैसाको कार्यआदेश सहित ब्रहम बाबा कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरीएको थियो। प्राविधिक नाप जाँच तथा पहिलो रनिङ बिल भरपाईको आधारमा चन्द्रपुर नगरपालिकाको पत्रद्वारा २० लाख,१० हजार,५२९ रुपैयाँ,र७९  पैसा  ब्रहम बाबा कन्ट्रक्सनले भुक्तानी पाउने गरी रकम फुकुवा तथा भुक्तानीको पत्र पठाएको थियो।
 
 उक्त रकम निकाले पश्चात  विद्यालयका प्रधानाध्यापक किशोरी चौधरीले चन्द्रपुर नगरपालिकाको पत्रहरुमा किर्ते हस्ताक्षर गरी २९ लाख,३५ हजार,५२९ रुपैयाँ,।७९ पैसा ब्रहम बाबा कन्ट्रक्सनले भुक्तानी पाउने गरी रोक्का रहेको रकम फुकुवा गरी विद्यालयको खातामा रहेको रकम निकाली हिनामिना गरेको प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिएका छन्।
 
प्रधानाध्यापक चौधरीलाई हिजो सोमवार पक्राउ गरी कार्वाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।