सयौं वर्ष पुराना भक्तपुरका ऐतिहासिक निर्माणाधिन सम्पदाहरुको विजुक्छेंको टोलीले गरयो निरीक्षण

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायतको टोलीले मंगलबार भक्तपुर नगरका विभिन्न तीन ठाउँंहरुमा निर्माणाधिन सयौं वर्ष पुराना निर्माणाधिन ऐतिहासिक सम्पदाहरुको निरीक्षण गरेको छ । भक्तपुर दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार, गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र तालाक्वमा अवस्थित इखालाछी मठ पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले सम्पदा पुनःनिर्माणको कार्यमा भक्तपुर नपाको अग्रसरता प्रशंसनीय भएको बताउँदै सम्पदा पुनःनिर्माणले नयाँ पुस्ताको सेवा गर्ने बताए ।

उनले भक्तपुरको मौलिक स्वरुप संरक्षणमा नपाको अग्रसरता सराहनीय भएको बताउँदै यहाँका सम्पदा पुनःनिर्माणमा स्थानीय जनताको साथ र सहयोग पनि महत्वपूर्ण विषय भएको बताए । 

उनले सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको खण्डमा देशभरकै सम्पदाहरु संरक्षण हुने बिचार राखे । सम्पदाको महत्वबारे नयाँ पुस्तालाई अवगत गराउन सके स्वतःस्फूर्त रुपमा संरक्षण र सम्बद्र्धन हुँदै जाने बताउँदै उनले भक्तपुरको मौलिक पहिचान नै यहाँको परिचय भएको बताए ।
निरीक्षणमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्ष, जनप्रतिनिधिलगायतको सहभागिता  रहेको थियो ।

भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर सात सय वर्ष पुरानो देखिन आएको जनाइएको छ । लक्ष्मीनरसिंह मन्दिरभित्र शक्तिसहितको शान्त भावको लक्ष्मीलाई साथमा लिएको नरसिंहको मूर्ति अवस्थित छ । भक्तपुर महोत्सवको तयारीस्वरुप भक्तपुर नपाले यहाँका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माण र संरक्षण कार्यलाई तीव्रता दिइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।