विराटनगर स्थित अर्किट कलेजको वक्तृत्वकलामा शर्मिष्टा प्रथम

विराटनगर । विराटनगरस्थित अर्किट कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम भएकी छन् ।
बुधबार कलेज परिसरमा आयोजित प्रतिस्पर्धामा कलेजमा अध्ययनरत १ हजार ३ सयभन्दा बढी विद्यार्थीमध्येबाट शर्मिष्टा प्रथम भएकी हुन् ।

‘उद्यमशीलताको विकासमा राज्यको भूमिका’ विषयमा आयोजित प्रतिस्पर्धामा सरोज पौडेल द्वितीय हुँदा दीपेन ताजपुरिया तृतीय भए । कवि एवं पत्रकार मीनकुमार नवोदित, कलेजका निर्देशकसमेत रहेका एसोसिएट प्रोफेसर दीपेश बास्तोला र प्राध्यापक सन्तोष अधिकारी रहेको निर्णायक समितिले प्रतिस्पर्धी विद्यार्थीहरूमध्येबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको नाम घोषणा गरेको थियो । विद्यार्थीहरूको सर्वाङ्गिण विकास गर्दै व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कलेजका प्राचार्य सीएम श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई प्रमुख निर्णायक नवोदितसहित एसोसिएट प्रोफेसर बास्तोला, प्राचार्य श्रेष्ठ, निर्देशक मनिष भट्टराईलगायतले अविर र माला लगाएर पुरस्कार प्रदान गरेका थिए । प्रतिस्पर्धाबाट प्रथम हुन सफल शर्मिष्टाले यही मंसिर २८ गते विराटनगरमा आयोजना हुने अन्तरकलेज वक्तृत्वकला प्रतियोगितामा सहभाागिता जनाउने अतिरिक्त क्रियाकलापका संयोजक मनोज तिवारीले जानकारी दिए ।

कलेजमा अध्ययनरत १३ सय विद्यार्थीमध्ये ३० जनाबीच आन्तरिक प्रतिस्पर्धा गरिएको थियो । आन्तरिक प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट ५ जनामध्येबाट जिल्लास्तरको प्रतियोगितामा भाग लिने विद्यार्थी छनोट गरिएको हो । विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापनलगायतका विषय पठनपाठन हुने अर्किटले बेला–बेला कविता, निबन्ध, वादविवाद, वक्तृत्व, चित्रकला, खेलकुदलगायत विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको कलेजका प्राचार्य श्रेष्ठको भनाइ छ ।

पठनपाठनसँगै विद्यार्थीहरूको चौतर्फी विकासका लागि कलेजले कुनै कमी हुन नदिएको उनले बताए । निर्णायक नवोदितले पाठ्यक्रमसँगै विद्यार्थीमा बाहिरी ज्ञान पनि हुनु जरुरी रहेको उल्लेख गरे । उनले व्यवहारिक र सीपमूलक शिक्षा अहिलेको आवश्यकता रहेको औंल्याए । त्यस्तै अर्का निर्देशक बाँस्तोलाले विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖