धनकुटाका ट्रक धनी तथा चालक सहित चार जना सुनसरीबाट पक्राउ

इटहरी । सुनसरीमा ठूलो परिमाणको गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाँउपालिका वडा नं. ७ हरीपुरबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १-०२-००२ ख ०४१४ नम्बरको ट्रकबाट गाँजा बरामद गरिएको हो । चालकले तत्काल ट्रक छाडेर भागेका थिए ।

उक्त ट्रकको डालाको भागमा फलामको पाताले वेल्डिङ गरी बक्स आकारको फल्स बटम बनाई उक्त बटमभित्र लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा ११ वटा बोरामा ३४० किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको थियो ।

घटनामा तत्काल फरार रहेका प्रतिवादीहरूको सम्बन्धमा सुक्ष्म रूपमा अनुसन्धान गर्दा ट्रक धनी तथा चालक धनकुटाको शहिदभूमी गाँउपालिका वडा नं. ४ पिप्लेडाँडा बस्ने ३० वर्षीय जयप्रकाश राईलाई पक्राउ गरिएको हो ।
उनको बयानको आधारमा पक्राउ पर्नेमा भोजपुरको पौवादुम्मा ६ बस्ने २२ वर्षीय समीर राई, सुनसरीको कोशी गाउँपालिका वडा नं. ८ बस्ने २२ वर्षीय रूपेश यादव र कोशी ८ का २५ वर्षीय भक्ति भन्ने विहारी मुखियालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चारैजनामाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖