प्रहरी चौकी मंगलबारे, संखुवासभाको नव निर्मित कार्यालय भवनको समुद्घाटन

संखुवासभा, मंसिर १९ गते । संखुवासभाको मादी नगरपालिका-१ स्थितमा रहेको प्रहरी चौकी मंगलबारे (मादिमुलखर्क), को नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ ।

मंसिर १९ गते आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा नव निर्मित प्रहरी चौकीको समुद्घाटन भएको हो । नवनिर्मित भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले नव निर्मित भवन प्राप्त भए संगै यस क्षेत्रमा बसोवास गर्ने आम नागरिकहरुमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा प्रहरीले प्रदान गर्ने सेवा थप गुणस्तरिय हुनेमा विश्वस्त दिलाउनु भयो । साथै वहाँले नव निर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बर्द्धन र विकासमा सबैको साथ र सहयोगको आवश्यक रहेको वताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि खापुङले प्रहरी चौकीलाई जग्गा उपल्ध गराउनु हुने जग्गा दाता स्थानिय बुद्धी नारायण कार्की तथा भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई सम्मान गर्नुका साथै सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

नव निर्मित भवनको उद्‍घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर भौतिक पुर्वाधार शाखाका प्रहरी उपरीक्षक आर्किटेक हरी डंगोलले भवन निर्माण सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने मादी नगरपालिकाका प्रमुख जीवन लिंथेप, सहायक प्रमुख जिल्ला अधिकारी मोहन मणी घिमिरे, जिल्ला समन्वय कार्यबाहक प्रमुख वबिता खत्रीले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत प्रहरी कर्मचारीहरु, विभिन्न राजनैतिक दलका पधादिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज,स्थानियबासी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । नव निर्मित अढाई तल्ले सुबिधा सम्पन्न कार्यालय भवन कोशी प्रदेश सरकारको नियमित बजेट १ करोड ४४ लाख ३० हजार ४३४ रुपैँयाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।