प्रदेश प्रज्ञा प्रतिष्ठान कानुन लोकतान्त्रिक बनाउन साहित्यकारहरूको सुझाव

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको कला, साहित्य तथा संस्कृति विभागले प्रदेश सरकारलाई विभिन्न सातबुँदे सुझाव दिएको छ ।
प्रदेशमा रहेको समग्र साहित्य, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र उत्थानका लागि गम्भीर हुन कमिटीले आग्रह पनि गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर विभागका प्रमुख खेम नेपाली नेतृत्वको टोलीले ७ बुँदे लिखित सुझाव दिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा प्रदान गर्न सुरु गरेको प्रदेश साहित्य, कला, सम्मानलाई निरन्तरता दिनुपर्ने, प्रदेश प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी निर्मित कानुन लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मान्यताअनुसार नभएकाले परिमार्जन गरी लोकतान्त्रिक व्यवस्थाअनुसारको प्रदेश प्रज्ञा प्रतिष्ठान यथाशीघ्र गठन गर्नुपर्ने, कोशी प्रदेश धेरै आदिवासी तथा जनजातिको बसोबास रहेकाले यो भूमिमा धेरै मौलिक भाषा, गीत, संगीत, भेषभुषा र संस्कृति रहेकाले तीनको संरक्षण र सम्वद्र्धनमा विशेष योजना बनाउनुपर्ने विभागले बुझाएको सुझावमा उल्लेख छ ।

विभागका प्रदेश प्रमुख खेम नेपाली, उपप्रमुख जेवी थुलुङ र सचिव चन्द्रबहादुर सेमीले हस्ताक्षर गरेको सुझावपत्रमा एकीकृत चलचित्र निर्माणस्थल, फिल्म सिटी निर्माणको योजना अघि सार्नुपर्ने, विद्यार्थी तथा युवाहरुमा देशभक्तिको भावना विकास गर्न देशभक्ति तथा जागरण गीतसंगीतलाई सरकारी तबरबाट पृष्ठपोषण गर्नुपर्ने, कोशी प्रदेशका विद्यालय र विश्वविद्यालयमा विविध कला विषय अध्ययन गराउन सरकारीस्तरबाटै पहल गरिनुपर्ने र प्रदेशका विविध जाति, जनजातिका संस्कृति समेटिने प्रादेशिक संग्राहालय निर्माणमा पहल गर्नुपर्ने उल्लेख छ । सो अवसरमा विभागमा आबद्ध साहित्यकारहरुको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।