भोलि र पर्सि वर्षा तथा हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाण्डौ – भोलि र पर्सि वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि बेलुकीदेखि देशका धेरै ठाउँमा मौसम बदली भई दुई दिनसम्म वर्षा र हिमपात हुने सम्भावना देखिएको छ ।

महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर भोलि बेलुकीदेखि पर्सि सोमवार रातिसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँ तथा गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

वर्षा र हिमपातका कारण तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ । यस अवधिमा वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले भोलि र पर्सि पहिलो हिउँदे वर्षा हुने अनुमान गरिरहँदा हिजोदेखि नै मौसम आंशिक बदली भएको छ । तराईका धेरै ठाउँमा हुस्सु लागेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।