विराटनगर स्थित ज्येष्ठ नागरिक सेवा समाजद्नारा ज्येष्ठ आमालाई तीर्थयात्रा

विराटनगर । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सेवा समाजले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा गराएको छ ।

समाजमार्फत ३५ जना ज्येष्ठ आमाहरुलाई ३ दिने तीर्थयात्रा गराइएको हो । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तीर्थयात्रामा जाने आमाहरुको विदाई गरेकी थिइन् । उपमेयर कार्कीले आमाहरुको धार्मिक यात्रा सफलताको शुभकामनासमेत व्यक्त गरिन् । समाजकी सदस्य समाजसेवी अनुजा कोइरालाका अनुसार ज्येष्ठ आमाहरुलाई देवघाटका विभिन्न मठमन्दिर, आश्रम, मौलाकाली मन्दिर र शाश्वत धामको दर्शन गराइएको थियो ।

समाजकी अध्यक्ष अञ्जु कार्की, उपाध्यक्ष मिलन कार्की, सहसचिव विन्दु लाखे र सदस्य अनुजा कोइरालाले आमाहरुलाई तीर्थयात्रामा लिएर गएका थिए । आउँदा–जाँदा गाडीमा भजन गाउँदै आमाहरुलाई रमाइलो गराइएको थियो ।

सामूहिक रुपमा तीर्थयात्रा गराउँदा आमाहरु निकै खुसी भएको अध्यक्ष कार्कीको भनाइ थियो । समाजले यसअघि ज्येष्ठ नागरिकलाई वनभोज गराएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।